चितवन – चितवनको राप्तीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती नगरपालिका ९ की ४५ वर्षीय बिजुलीमाया श्रेष्ठ रहेकी छिन् ।
बिहीबार बिहान घरनजिकै रहेको खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याउंँदै गर्दा बाटामै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।




















