गोरखा – पालुङटार क्षेत्रको बिद्री खोलामा आएको बाढीले एउटा घर घेरिएको छ । ति घरमा बस्ने ४ जनालाई अहिले उद्वारको प्रयास भर्इं रहेको छ ।
पालुङटार नगरपालिका ९ बिद्री खोलामा खारखोलाबाट आएको बाढी दुई भंगालो भएर बग्दा बिचमा केशव अधिकारीको घर परेको घरमा उनका आमा सहित ४ जना रहेको वडाध्यक्ष भेषराज पाण्डेले बताए ।
अहिले उनीहरुको स्थानिय, नेपाल प्रहरी र नेपाली सेनाले उद्वारको प्रयास गरिरको छ । त्यस्तै गरी संगै रहेको खेतमा बंगुरगोठमा गएका अर्जुन लामाका बाबु छोरो पनि भंगालोको बिचमा परेर उद्वारकालागि प्रतिक्षारत रहेको स्थानिय एवं जन प्रतिनिधी कृण्णबहादुर अधिकारीले बताए ।
राती देखी आएको पानीका कारण अहिले पालुङटारको बिद्री क्षेत्रमा धेरै घरहरु पहिरोको जोखिमा परेको र अधिकाशं सडकमा पहिरो गएको छ । बिद्युत नहुदा टेलिफोनमा समस्या देखिएको वडा नम्बर १० का वडाध्यक्ष रिखीराज धौरालीले बताए ।
यता सोही क्षेत्रको चुदी खोलाबाट आएको बाढी शेरामा मिसीदा सोही क्षेत्रको १ घर बगाएको खोलामा काम गरिरहेको आफ्नो ट्याक्टर बगाएको ट्याक्टर धनी सुलिन कुवरले बताए ।
बिद्री खोलाले वरपर रहेको धानबाली लगाएको खेतहरु समेत कटान गरेर ठुलो क्षति पुरयाएको छ ।




















