गोरखा – बिहीबार बिहान देखी परिेको अबिरल बर्षाका कारण गोरख–खैरेनी खडक खण्डको ३ किलो क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण सवारी साधान पूर्ण रुपमा बन्द भएको छ । त्यस्तै गरी पालुङटार क्षेत्रमा पनि घर र गोठ पहिरोले पुरिएको छ ।
जिल्ला भित्रको दर्जनौ स्थानहरुमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नाउब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए । दाहालले दिएको जानकारी अनुसार गोरखा–खैरेनी सडक खण्डको ३ किलो क्षेत्रमा पहिरो पन्छाएर एकतर्फी सडक खुल्ला गरिएको छ । त्यस्तैगरी १५ किलो क्षेत्रमा पनि पहिरो जादा एक तर्फी मात्र सडक सञ्चालनमा आएको छ ।
उता सिरानचोक गाउँपालिका भित्र पर्ने ११ किलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक अन्तरर्गतको भालुस्वाराँमा पहिरोले सडक अबरुद्व पारेको छ भने पालुङटारबाट आँपपिपल जाने सडकमा पनि पहिरो गएर सडक अबरुद्व भएको छ ।
रातीदेखीको अबिरल बर्षाले पालुङटार नगरपालिकाको हवाई मैदान नजिकै पहिरो गएर सडक अबरुद्व भएको छ । पहिरो गएको सबै क्षेत्रमा अहिले मेशिन प्रयोग गरेर पहिरो पन्छाउने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यता पालुङटार नगरपालिका ९ को चामबोटेमा बिमल थापाको पक्की घरमा पहिरोको लेदो पसेर घर नै धरापमा परेको छ भने पालुङटार नगरपालिका ४ को छापथोकमा दामोदर गिरीको गोठ पहिरोले बगाउदा ७ वटा भैसी बगाएको छ ।
गिरीको गोठबाट वगाएको भैसीको ठाँटीपोखरी प्रहरीले उद्वार गरिरहेको ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाकारी गराएको छ ।
त्यस्तै गरी भुसुण्डी खोलाले चोरकाटे जाने पुलको उत्तर तर्फ क्षेति गरेर किसानको खेतमा बाढी पस्दा १ हजार ५०० रोपनी भन्दा बढी धानबाली नष्ट गरेको स्थानिय दिलिप श्रेष्ठले जानकारी दिए । अहिले भुसुण्डी खोला पुलको खतरा स्तरभन्दा पनि माथीबाट बगीरहेको छ ।




















