गोरखा – गोरखामा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको ४ स्थानिय तह र गोरखा अस्पतालमा गरी ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये ५४ जना एन्टिजेन परिक्षणबाट पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । १० जना भने पीसीआर परिक्षण मार्फत देखिएका हुन् ।
आज संक्रमण देखिएका मध्ये सबै भन्दा बढी अजिरकोट गाउँपालिकामा देखिएको छ । जहाँ ३२ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी गोरखा नगरपालिकामा पनि १७ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
संक्रमण भएका मध्ये एन्टिजेन परिक्षणमा गोरखा अस्पतालमा १-१ जना महिला र पुरुष, गोरखा नगरपालिकामा ७ जना महिला र ६ जना पुरुष, गण्डकी गाउँपालिकामा १ जना महिला र ३ जना पुरुष, भिमसेन थापा गाउँपालिकामा १ जना महिला र २ जना पुरुष र अजिरकोटमा १८ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी पीसीआर परिक्षणबाट भिमसेन थापा गाउँपालिकामा १ महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ भने गोरखा नगरपालिकामा २ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ सम्ममा जिल्लाको विभिन्न स्थानिय तहमा २९२ जना सक्रिय संक्रमित रहेका छन् ।
आज जिल्ला भरी ७८ जना महिला र ६१ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।




















