चितवन – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार चितवन जिल्लाको कुरिनटारमा अवस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय परिसरमा नवनिर्मीत विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन गरेका छन् ।
महानिरीक्षक खनालले उत्त अवशरमा भौगोलिक बनावट, भौ–गर्भिक हलचल र संवेदनशिल जैविक विविधता तथा जलबायु परिवर्तनका कारण समग्र प्रकोपको दृष्टिकोणबाट नेपाल अतिनै जोखिमपूर्ण अवस्थामा रहेको र विपद् प्रकोपका घटनाहरुबाट हुने गरेको धनजनको क्षति न्यूनिकरणका लागी सशस्त्र प्रहरी बल नेपालले अबलम्बन गरेको अल्पकालिन तथा दिर्घकालिन नीति अनुसार देशको विभिन्न भागमा हुनसक्ने जुनसुकै विपद्जन्य घटनाहरुमा शिघ्र एवं प्रभावकारी उद्वारको लागि दक्ष जनशक्ति उत्पादन एवं परिचालन गर्ने कार्यमा शिक्षालयले पु¥याएको योगदानको प्रशंसा गरेका थिए । उनले आगामी दिनमा समेत दृढ संकल्पका साथ नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्वारमा उच्च मनोवलकासाथ जुट्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
महानिरीक्षक खनालले विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको निर्माणले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा सम्पादन गरेका कार्यहरुको अभिलेखिकरण व्यवस्थित हुनुकासाथै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्राप्त गरेको उपलब्धि, प्रयोगमा ल्याएको विभिन्न उपकरणबारे जान्न, बुझ्न र ज्ञान हासिल गर्न चाहने सम्पूर्ण व्यक्तिहरुका लागि भोलीका दिनहरुमा विशेष सहयोग पुग्ने समेत बताए ।
केन्द्रमा सशस्त्र प्रहरी बल नेपाल परिचालित भएका विभिन्न विपद्जन्य घटनाहरुमा प्रयोगमा आएका तथा आउने उपकरणहरुको विस्तृत विवरण सहितको भण्डारण, जानकारी तथा प्रदर्शनी, विभिन्न उद्वारका घटनाहरुको श्रब्यदृष्यसहितको विस्तृत अभिलेख राखिने शसत्र प्रहरी बल कुरिनटारले जनाएको छ ।
सोही अवशरमा महानिरीक्षक खनालले उक्त भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाइ बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ, सो शिक्षालयका समादेशक, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष, समाजसेवी, स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।
सोही अवसरमा महानिरीक्षक खनालले शिक्षालय परिषरमा नवनिर्मित सरस्वती मन्दिर र विश्वकर्मा मन्दिरको समेत उद्घाटन गरेका थिए ।




















