काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज देशै भर ३ हजार ५९७ जना निको हुदा २ हजार ८९२ जना संक्रमीत भएका छन् ।
देशको विभिन्न प्रयोगशालामा परीक्षण गराएका ११ हजार ५६८ नमूनामा बुधबार थप २ हजार ८९२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या ६ लाख ७३ हजार ७४९ जना पुगेको छ ।
आज ३ हजार ५९७ जनाले कोरोना जिते संगै नेपालमा कोरोनामा कोरोना जित्नेको संख्या ५ लाख ९६ हजार १३२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा नेपालको विभिन्न जिल्लामा थप ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।
आज परिक्षण गराएका मध्ये ७ हजार १८७ जनाको पीसीआर र ४ हजार ३८१ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।





















