बागलुङ – बागलुङको निसी खोलामा १ पुरुषको शव फेला परेको छ । जिल्लाको ढोरपाटन नगरपालिका २ पाखुटे स्थित निसीखोलामा निसीखोला गाउँपालिका १ बगाहका ४९ बर्षिय बुदे भनिने बुद्व गुरुङको शव फेला परेको बागलुङ प्रहरीले जनाएको छ ।
स्थानियले निसी खोलामा शव फेला परेको जानकारी दिए पछि प्रहरी घटना स्थलमा पुगेको थियो ।
बागलुङ प्रहरीका अनुसार मृत्तक गुरुङ मानसिक अवस्था ठिक नभएको ब्यत्ति भएको जानकारी दिएको छ ।
बुधबार दिउसो ११ः४५ बजे गुरुङ शव निसीखोलामा फेला परेको थियो । मृत्युको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।




















