गोरखा – मौषममा आएको परिवर्तन संगै गोरखा बजार क्षेत्र कुहिरोले दिउँसै अन्धकार बनेको छ ।
सदरमुकामको कालीकाटी बजार, हरमटारी चोक, लोकतान्त्रिक चोक, पुरानो बजार क्षेत्र र आसपासका क्षेत्रमा बाक्लो कुहिरो लागेको कारण दिउसै अन्धकार भएको हो ।
कुहिरोका कारण फाट्ट फुट्ट गुडेका सवारी साधनहरुले पनि बत्ति बालेर हिड्नु पर्ने अबस्था र्सिजना भएको छ ।
बुधबार बिहान परेको अबिरल बर्षापछि पानी पर्न रोकिएपनि घाम लाग्न सकेको छैन ।
बाक्लो कुहिरोका कारण सवारी साधनमा हिडडुल गर्न कठिनाई भएको छ ।


























