गोरखा – जिल्लाको २ स्थानिय तहमा हिजो गरिएको एन्टिजेन परिक्षणका क्रममा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको भिमसेन थापा र बारपाक सुलिकोट गाउँपालिकामा मंगलबार ३६ जनामा एन्टिजेन परिक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण देखिएका स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये भिमसेन थापा गाउँपालिकामा ४ जना महिला र ३ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ । त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिकामा १९ जना महिला र १० जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ८ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
कार्यालयका अनुसार जिल्लाको विभिन्न स्थानिय तहमा मंगलबार साँझ सम्म २४२ जना सक्रिय संक्रमित रहेका छन् ।




















