जनकपुरधाम – धनुषामा आफ्नै श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
सोमबार राति लक्ष्मिनियाँ गाउँपालिका ४ सपहीकी २३ वर्षीया प्रियङ्का पासवानको हत्याको आरोपमा उनका श्रीमान् सन्तोष पासवानलाई प्रहरीले पक्राउ गरिएको हो ।
माइती पक्षको उजुरीको आधारमा प्रहरीले सन्तोषलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
मृत्तक प्रियङ्काको घाँटीमा डाम देखिएको स्थानियले बताए । उनीहरका अनुसार प्रियङ्का र उनका श्रीमान् सन्तोषबीच गएराति ठुलै विवाद भएको थियो । विवादकै कारण प्रियङ्काको हत्या वा आत्महत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
माईती पक्षले दिएको जानकारी अनुसार प्रियङ्का ५ महिनाकी गर्भवती थिइन् । प्रहरीले पोस्टमार्टम रिपोर्ट नआउञ्जेल हत्या वा आत्महत्या के हो भन्न नसकिने प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।
प्रियङ्काको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।




















