गोरखा – गोरखाको ३ स्थानिय तहमा ११ जनामा गरिएको कोरोना परिक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको पालुङटार नगरपालिका, आरुघाट र अजिरकोट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा सोमबार थप ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये पालुङटार नगरपालिकामा १-१ जना महिला र पुरुष, आरुघाट गाउँपालिकामा २-२ जना महिला र पुरुषमा र अजिरकोटमा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आज ५ जना महिला र ६ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।




















