भक्तपुर – १२ वर्षकी बालिका बलात्कार गरेको अभियोगमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।
असार १३ गते आइतबारका दिन कोठामा कोही नभएको अवस्थामा बालिकालाई बलात्कार गरेको अभियोगमा बसन्त दमाईलाई प्रहरीले आज पक्राउ गरेको हो ।
भक्तपुर नगरपालिका ९ कमलबिनायक स्थित डेरामा बसिरहेको अवस्थामा दोलखा बैतेश्वर गाऊँपालिका ४ स्थायी घर भई हाल भक्तपुर नगरपालिका ९ चोखा बस्ने बर्ष ३२ का दमाईले घरमा कोही नभएको मौका पारी बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको भत्तपुर प्रहरीले जनाएको छ ।
बालिका बलात्कृत भएको बालिकाकी जानकारी आमाले थाहापाउना साथ आइतबार साँझ नै महानगरिय प्रहरी बृत्त जगातीमा उजुरी दिएकी थिइन । आमाको किटानी जाहेरीपछि दमाइलाई पक्राउ गरी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।




















