गोरखा – खाद्य तथा पोषण सुरक्षा आयोजना कलष्टर इकाई गोरखाले मासुको उत्पादन बढाउनका लागि व्यवसायिक कृषक समुहलाई अनुदानमा उन्नत जातको व्याड बोका बितरण गरेको छ ।
इकाईले २ वटा स्थानीय तहलाई मल्टीप्लाई हर्ड स्थापनाका गर्ने कार्यक्रम अन्र्तगत उन्नत जातको व्याड बोका बितरण गरेको कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत दुर्गाप्रसाद पण्डितले जानकारी दिए ।
इकाईले गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित हुडीखोला कृषक समुह र धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका स्थित सात तलेदवी कृषक समुहलाई २–२ ओटा बोयर जातका व्याड बोका बितरण गरेको छ ।
उन्नत जातको उक्त व्याड बोकाबाट जन्मने पाठपाठीहरु छिटो हुर्कने, तौल बढी हुने र स्वस्थ्य समेत हुने भएकाले कृषकहरुलाई छिटो र राम्रो फाइदा लिनसक्ने कार्यालयले जनाएको छ ।
बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरबाट खरिद गरेर ८५ प्रतिसत अनुदानमा चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत २ कृषक समुहलाई व्याडबोका बितरण गरेको हो । अनुदानमा उपलब्ध गराइएको व्याड बोका १६ देखि २५ केजीसम्म तौल रहेको छ ।
अनुदानमा व्याडबोका उपलब्ध गराइएका कृषक समुहहरुले अनुदानको सहि सदुपयोग भएको नभएको बारेमा समेत अनुगमन गरिने कार्यालयले जनाएको छ ।




















