काठमाण्डौं – युरोकपमा आज राति स्पेन र क्रोएसियाको खेल हुदै छ । स्पेनले ग्रूप चरणको पहिलो २ खेलमा निकै सामान्य प्रदर्शन गरेको थियो तर स्लोभाकियालाई हराएपछि उसको आत्मविश्वास बढेको छ ।
उता क्रोएसियाले पनि आफ्नो ग्रूपमा सामान्य प्रदर्शन गरिरहेको छ । पहिलो २ खेलबाट १ अंक बटुलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्यान्डलाई हराएपछि राउन्ड अफ १६ मा स्थान पक्का गरेको हो ।
आजको खेल डेनमार्कको पार्कन स्टेडियममा खेलिनेछ ।




















