विराटनगर – मोरङमा एटिएम तोडफोड गर्दै गर्दा प्रहरीले २ जनालाई पक्राउ गर्न सफल भएको छ ।
बुढिगंगा गाउँपालिका २ टंकिसिनवारीको सरस्वती खड्काको घरमा रहेको एनआईसी एसिया बैंकको बुथमा तोडफोड गरिरहेको अवस्थामा सुनसरी दुहवी नगरपालिका ९ का २४ वर्षीय मो.ईम्तियाज र २५ वर्षीय मो.अनिष हुसेनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
सोमबार बिहानको विभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
हाते औजारसहित पक्राउ परेका उनीहरुलाई चोरी उद्योग कसुरमा मुद्वा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















