काठमाण्डौं – नोलब कोरोना भाइरस (कोभिड–१९)का कारण आज थप २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६४० नमूनामा परिक्षणमा सोमबार थप २ हजार ४४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ४२ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८१ पुगेको छ ।




















