गोरखा – गोरखाको ५ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गण्डकी, आरुघाट, भिमसेन थापा, अजिरकोट र सिरानचोक गाउँपालिकामा २३१ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा आइतबार थप ४७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
स्वास्थ्यकर्मीहरुको टोलीले आज गोरखा अस्पतालमा ३ जना, गण्डकीमा १ जना, आरुघाटमा १४० जना, भिमसेन थापामा २४ जना, अजिरकोटमा ५ जना र सिरानचोकमा ५८ जनाको एन्टिजेन परिक्षण गरेको कार्यालयले जनाएको छ ।
एन्टिजेन परिक्षण भएको मध्ये गण्डकीमा १ जना पुरुष, आरुघाटमा ६ जना महिला र ११ जना पुरुष गरी १७ जना र भिमसेन थापा गाउँपालिकामा १० जना महिला र ७ जना पुरुष गरी १७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी अजिरकोटमा १ जना महिला र २ जना पुरुष गरी ३ जना र सिरानचोकमा ७ जना महिला र २ जना पुरुष गरी ९ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये २४ जना महिला र २३ जना पुरुष रहेका छन् । आज ८७ जना महिला र १४४ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको कार्यालयले जनाएको छ ।




















