पोखरा – गण्डकी प्रदेश सरकारमा २ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सरकार गठन भएको १५ दिनपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रीको कार्यविभाजन तोकिएको हो ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।
सरकारमा सामेल मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ भने अझै विना विभागीय मन्त्रीकै रुपमा सरकारमा छन् । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।
मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहेको बुझीएको छ । अर्थ मन्त्रालयमा दाबी गरेका आचार्यले उर्जाको जिम्मेवारी लिन अस्वीकार गरेको विश्वत श्रोतले जानकारी दिएको छ ।
दलहरुबीच विवादकै कारण गण्डकी प्रदेश सरकार विस्तारको कामसमेत ढिलाइ भइरहेको छ ।




















