काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको विभिन्न प्रयोगशालामा गरिएको ६ हजार पीसीआर गर्दा १ हजार ३५३ जना र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको कुल संख्या ६ लाख ६५ हजार ७७७ जना पुगेको छ ।
त्यस्तै गरी आज एकै दिनमा ३ हजार ७ जनाले कोरोनालाइ जितेको छ । यो सहित नेपालमा कोरोना संक्रमण मुत्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ जना पुगेको मन्त्रालयले जनाएको छ ।





















