पोखरा – कास्कीको पोखरा महानगरपालिकाको पुडी भन्ने स्थानमा बिषालु च्याउ खाँदा ८ जना बिरामी परेका छन् ।
पोखरा महानगरपालिका ३३ को पुडीका केही मानिसले स्थानिय धारापानी सामुदायिक बनबाट ल्याएको च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी भएको कास्की प्रहरीले जानकारी दिएको हो ।
नाम नखुलेको च्याउ खाँदा पोखरा महानगरपालिका ३३ पुडी बस्ने ४५ बर्षका गोठे पुन, निजको श्रीमती ४० बर्षिया लिला पुन, निजको छोरा १३ बर्षका पूर्ण पुन, छोरीहरु १० बर्षिया बिनिता पुन, ८ बर्षिया अस्मिता पुन र ६ बर्षिया मायाँ पुन बिरामी परेका थिए ।
साथै सोही च्याउ खाएर स्वाराँका ५५ बर्षका भिमबहादुर पुन र निजको श्रीमती ५२ बर्षिया गौमायाँ पुन समेत बिरामी भएको थिए ।
शनिरबार राती १०ः५० बजेको समयमा च्याउ खाएका एकै परिवारका सबै ब्यक्ति बिरामी भई वेहोस भए पछि स्थानीएको सहयतामा उनीहरुलाई उपचारको लागि गण्डकी अस्पतालमा भर्ना गरिएको थियो ।
बिरामी सबै खतरा मुत्त रहेको प्रहरीले जनाएको छ ।




















