गोरखा – गोरखामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को खनाल–नेपाल समूहको युवा संघ नेपाल जिल्ला कमिटि गठन भएको छ ।
१७५ सदस्सीय जिल्ला समितिको अध्यक्षमा शिवराज पौडेल सर्व सम्मत चयन भएका छन् ।
संघको उपाध्यक्षमा निरज धले, सचिवमा अन्जन देवकोटा, कोषाध्यक्षमा इश्वर रेग्मीलाई चयन गरेका छन् । त्यस्तै गरी २७ सदस्सीय सचिवालय समिति समेत गठन गरेको संघका अध्यक्ष पौडेलले बताए ।
भेलामा जिल्ला इन्जार्च हरी काफ्ले, जिल्ला अध्यक्ष यादव बस्नेत, युवासंघका इन्चार्ज रेखा लोप्चन तामाङ सहितको सहभागिता रहेको थियो ।


