गोरखा – गोरखामा शनिबार थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको धार्चे र भिमसेन थापा गाउँपालिकामा गरी थप ३ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
दुवै गाउँपालिकामा ३ जना महिला र ५ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा धार्चेमा २ जना पुरुष र भिमसेन थापा गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार शनिबार विभिन्न स्थानिय निकायमा बसोबास गर्ने १२ महिला र १६ जना पुरुषको पीसीआर संलकन गरेको छ । कार्यालयले शुक्रबार सम्म संकलन गरेर पठाएको मध्ये २८ जनाको पीसीआर परिक्षणको नतिजा आउन बाँकी रहेको छ ।
त्यस्तै गरी संक्रमण दर घट्दै गएका कारण जिल्लाको विभिन्न स्थानिय तहमा शनिबार सम्ममा २२१ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















