गोरखा – गोरखाको गण्डकी गाउँपालिकाले शनिबार पनि कार्यालय खुल्ला गरेर सेवा दिने भएको छ ।
गाउँपालिका भित्र सञ्चालित योजनाहरुको फरफारक र भुक्तानीका लागि तिव्रता दिनुपर्ने भए पछि असार १२ गते देखी २६ गते सम्म पर्ने शनिबार कार्यालय सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए ।
बिदाको दिनमा हुने कार्यालय सञ्चालनका क्रममा समेत सेवा ग्राहीलाई सवै प्रकारको सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचना प्रकाशन गरेरै पालिका कार्यालय शनिबार समेत खुल्ला हुने जनाएको हो ।




















