काठमाण्डौं – नोबल कोरोना भाइर (कोभिड–१९)का कारण शनिबार थप २ हजार २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७०४ जनाको पीसीआर र ४ हजार ८०६ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २ हजार १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८५७ जना पुगेको छ ।
आजै ४ हजार ९१४ जनाले कोरोना संक्रमणलाई जितेको छ । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ ।





















