काठमाण्डौं – इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंका क्रिकेट टोली र इंग्ल्यान्डबीच आज तेस्रो तथा अन्तिम टी२० खेल आज हुँदै छ । साउथह्याम्पटनमा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेदेखि सुरु हुनेछ ।
यसअघिका २ खेलमा जीत हात पार्दै इंग्ल्यान्डले श्रृंखला आफ्नो पोल्टामा पारिसकेको छ । त्यसकारण यस खेल श्रृंखलाको औपचारिकता मात्र हुनेछ ।
इंग्ल्यान्ड यस खेलमा पनि जीत हात पार्दै श्रृंखला क्लिनस्वीप गर्न चाहन्छ भने श्रीलंका सान्त्वना जीत निकाल्दै क्लिनस्वीपबाट जोगिन चाहन्छ ।
ब्याटिङमा कमजोर प्रदर्शन गरेको श्रीलंकाले पहिला २ खेलमा रक्षात्मक स्कोर खडा गर्नै सकेको थिएन । इंग्ल्यान्ड क्रमशः ८ विकेट र ५ विकेटले विजयी भएको थियो ।
टी–२० को अन्तर्राष्ट्रिय वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ भने श्रीलंका आठौं स्थानमा छ ।




















