गोरखा – गोरखाको विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा आज ९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै गरी आजै पीसीआर परिक्षणबाट थप ५ जनामा संक्रमण देखिएको छ ।
जिल्लाको पालुङटार नगरपालिका र गण्डकी, आरुघाट, अजिरकोट र सिरानचोक गाउँपालिकामा तथा गोरखा अस्पतालमा गरी शुक्रबार थप १४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयले दिएको जानकारी अनुसार एन्टिजेन मार्फत आज गोरखा अस्पताल र आरुघाट गाउँपालिका १/१ महिलामा संक्रमण देखिएको छ । त्यस्तै गरी गण्डकी गाउँपालिका, आरुघाट गाउँपालिका, अजिरकोट र सिरानचोकमा १/१ जना पुरुषमा संक्रमण देखिएको छ ।
यता अजिरकोटमा नै आजै गरिएको एन्टिजेन परिक्षणमा ३ जना महिलामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै गरी पीसीआर परिक्षणको क्रममा २ जना महिला र ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
आज ४५ जना महिला र ३४ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको थियो । कार्यालयका अनुसार आज सम्म जिल्ला भित्र २४३ जना सक्रिय संक्रमित रहेका छन् ।




















