कठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ४७६ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५८६ पीसीआर र ४ हजार ७६५ जनाको एन्टिजेन गरी कुल १४ हजार ३५१ जनाको परिक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यो सहित नेपालमा संक्रमितहरुको कुल संख्या ६ लाख ६१ हजार ८४१ जना पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ५ हजार ४५५ जनाले कोरोना संक्रमणलाई जितेको छ । यो सहित नेपालमा कोरोना संक्रमणलाई जित्नेको कुलसंख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको मन्त्रालयले जनाएको छ ।





















