पर्वत – मोटरसाईकलबाट खसेका एक युवकको बसले किचेर मृत्यु भएको छ । जिल्लाको मोदी गाउँपालिका ५, बाजुङका अर्जुन कुँवरको बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोदीबाट कुस्मा तर्फ मोटरसाईकलको पछाडी बसेर जाँदै गरेका १७ वर्षका कुँवर कुस्म नगरपालिका ७ को खहरे भन्ने ठाउँमा मोटरसाईकलबाट अचानक खसेका थिए ।
ग २० प २३०५ नम्बरको मोटरसाइकलबाट खसे लगत्तै कुँवरलाई ग २ च ३६०१ नम्बरको गाडीले किचेको प्रत्यक्षदर्शीको बताएका छन् । बसले खिचेर गम्भीर घाइते भएका उहाँको पोखरा स्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।




















