काठमाण्डौं – नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर एमालेमा प्रवेश गरेका १४ जनालाई पदमुक्त गरिएको छ ।
माओवादीले जानकारी दिए अनुसार निर्वाचन आयोगले शुक्रबार सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त भएकाहरुमा रौतहट, कैलाली, सिरहा, ओखलढुंगा र महोत्तरीका जनप्रतिनिधीहरु रहेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
आयोगको असार ९ मा बसेको बैठकको निर्णयअनुसार उनीहरूको पद रिक्त भएको हो । त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।





















