गोरखा – पालुङटार नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको छ । बिहीबार नबौं नगरसभा गर्दैै पालिकाले आगामी आर्थिक बर्षको लागि ८४ करोड ५१ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको हो ।
पालिकाका प्रमुख ई.दिपकबावु कडेललाई कोरोना संक्रमण भएका कारण उप प्रमुख पम्फा बसेलले पालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकी थिईन । बिहीबारको गाउँसभाले प्रमुख कडेल सहित परिवारमा नै संक्रमण देखिएको भन्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटले नगरबासीहरुको आवश्यकताको संवोधन गर्दै अनुभवको आधारमा आर्थिक, सामाजिक बिकासका क्षेत्रमा केही सकारात्मक परिवर्तनको शुरुवात, भौतिक पूर्वाधार, स्वास्थ्य संगै राजनीतिक परिवर्तन पछिको बढ्दो जन अपेक्षा पुरा गनुपर्ने आवश्यता रहेको रहेको भन्दै ८४ करोड ५१ लाख ३१ हजारको बजेट सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई संवोधन गर्दै उप प्रमुख बसेलले कोरोना महामारीका कारण रोकिएका क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानिको बातावरण र्सिजना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाईने जानकारी गराईन । उनले सिमित श्रोत र साधनका बिच जनताको अधिकतम माग र अपेक्षालाई संम्बोधन गनुपर्ने परिस्थित संगै आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा परेको संकटबाट पार पाउन पनि रोजगारीको अवशर र्सिजना गनुपर्ने बाध्यता रहेको उप प्रमुख बसेलले बताईन ।
बजेटमा ‘पहिलो अक्षर क लेखौं आफ्नै पालिकाको पेन्सिलले’ भन्ने नीति लिएको भन्दै सामुदायिक स्कुलहरुमा बाल कक्षा देखी ५ सम्म सबै बिद्यार्थीहरुलाई पालिकाको लोगो सहित बर्ष भरि पेन्सिल र कपी उपलब्ध गराउने कार्यक्रमलाई यस पटक पनि निरञ्तरता दिने भएको छ ।
त्यस्तै गरी बिगतमा जस्तै स्कुलहरुलाई राहत, अस्थायी, बालकोटा शिक्षक, शिक्षिकाहरु र बिद्यालय कर्मचारीहरुका लागि कल्याणकारी कोषको स्थापना बजेटले गरेको छ । साथै बजेटले ‘दुई रुपैयाँ राष्ट्रका लागि मेरो लगानी सदाका लागि’ भन्ने नाराका साथ युवा परिचालन नीति र तर्जुमा कार्यान्वयन गरिने भएको छ ।
हेरौं पालुङटार नगरपालिकाको नीति तथा कार्यक्रम कस्तो रहेछ त ?




















