गोरखा – गोरखाको एक स्थानिय तहले मनाङको बाढीपिडितलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
जिल्लाको सिरानचोक गाउँपालिकाले मनाङको नासों गाउँपालिकालाई २ लाख रुपैयाँ दिने निर्णय भएको सिरानचाक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । ‘दुःखमा परेको बेला जस्तो सुकै सहयोग पनि दिनु पर्छ भन्ने उद्वेश्यका साथ छलफल चलयौ’ गुरुङले भने ‘आगामी बजेटबाट रकम दिने गरी हामीले सर्वसम्मत निर्णय गरेका छौ ।’
अबिरल बर्षाका कारण मनाङको नासोंमा असार १ बाढी आउदा गाउँपालिकाको भवन, प्राईम बैंक र प्रभु बैंक, धारापानीमा रहेको सिमा प्रहरी चौकी बगाउनुका साथै सर्व साधारणको धेरै घरहरु बाढीले क्षति पुरयाएको थियो ।
नासोंलाई उत्त रकम दिन गाउँपालिकाको बिहीबार भएको गाउँसभाले नै निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।




















