गोरखा – गोरखाको विभिन्न स्थानिय तहमा बिहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको आरुघाट, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा गरी २२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार आज पनि पीसीआर र एन्टिजेन परिक्षण गरिएको छ । आज गरिएको ४५ जनाको एन्टिजेनमा १६ जनामा संक्रमण देखिएको हो ।
२२ जना महिला र २३ जना पुरुषमा गरिएको एन्टिजेनमा आरुघाट गाउँपालिकामा ३ जना पुरुष, बारपाक सुलिकोट गाउँ पालिकामा ४ जना महिला र ३ जना पुरुष का साथै अजिरकोट गाउँपालिकामा १ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी आजै गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा २ जना पुरुषमा संक्रमण देखिएको छ ।
यता आरुघाट गाउँपालिकामा नै गरिएको पीसीआर परिक्षणका क्रममा ३/३ जना महिला र पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
जिल्ला भित्र आज सम्म २८६ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















