काठमाडौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ७ हजार २३५ नमुना पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा गरी २ हजार ४७४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । यो सहित मृत्तकको संखया ८ हजार ९१८ जना पुगेको मन्त्रालयले जनाएको छ ।




















