गाेरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का बजेट नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५७ लाख २३ हजार रुपैय बराबरको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले सार्वजनिक गरेकाे बजेटमा कोरोना रोकथाम र नियन्त्रणलाई प्राथामिकता दिइएको छ । बजेटको पूर्णपाठ यस्तो छ ।




















