गोरखा – गोरखाको पालुङटार नगरपालिकाका मेयर ई.दिपकबावु कड्ेललाई कोरोना संक्रमण पुष्टी भएको छ ।
केही दिन अगाडी राजधानी पुगेका उनले पीसीआर परिक्षण गराउदा कोरोना संक्रमण देखिएको हो । मेयर कडे्लको परिवारलाई पनि कोरोना संक्रमण देखिएको छ ।
मेयर कड्ेल अहिले राजधानीमा होम क्वारिन्टीनमा बस्दै आउनु भएको छ । पीसीआर परिक्षणका क्रममा मेयर कड्ेलका श्रीमती र २ छोरीमा पनि संक्रमण देखिएको छ ।




















