काठमाण्डौ । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६१ पीसीआर र ४ हजार ९५३ एन्टिजेन गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ८९४ पुगेको मन्त्रालयले जनाएको छ ।





















