गोरखा । गोरखाको ३ स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणमा २३ जनामा संक्रमण पुष्टी भएको छ । आरुघाट, बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकामा ६८ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा २३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा १ जना महिला, आरुघाट गाउँपालिकामा १ जना पुरुष, बारपाक सुलिकोटमा १÷१ जना महिला र पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको हो ।
त्यस्तै गरी सिरानचोक गाउँपालिमा २३ जना महिला र २७ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ५ जना महिला र १४ जना पुरुषमा गरी १९ जनामा संक्रमण देखिएको कार्यालयको रेकर्डमा उल्लेख गरिएको छ ।
त्यस्तै गरी आज जिल्लाको विभिन्न स्थानिय तहमा ५ जना महिला र १३ जना पुरुषको पीसीआर परिक्षणका लागि स्वाब संकलन कार्य सम्पन्न भएको छ ।
जिल्लाको विभिन्न स्थानिय तहमा आज सम्म २९७ जना सक्रिय संक्रमित रहेका छन् ।




















