×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाटो बिराएको राजनीतिलाई अदालतको खबरदारी

  •  गोरखा समाचार
  • बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यतिबेला सर्वोच्च अदालत र ओल्बाको साँठगाँठका सवालमा कन्टिर–बाबू कनफिउजाइ गएका छन् । एकातिर ओल्बा नियम–कानुन, संविधानको बर्खिलाप अघि–अघि फोहोर गर्दै हिँड्ने, पछि–पछि सर्वोच्च अदालत ओल्बाले गरेको फोहोर नियम–कानुनको कुचोले सफा गर्दै हिँड्ने । क्या मिलेको र्‍याङमा ठ्याङ !

    त्यसो त कन्टिर–बाबूलाई थाहा छ– यो कुनै ठट्टा–फुहारको विषय होइन, निकै गम्भीर प्रसङ्ग हो । सर्वोच्चले सुरुमा संसद् पुनःस्थापना गर्दा अनि त्योभन्दा एक कदम अघि बढेर एमाले–माओवादीको कथित सन्धि भङ्ग गर्ने आदेश दिँदा मान्छेहरू त्यो सबै ओल्बाको सेटिङअनुसार भइरहेको बताइरहेका थिए । सबैले ओल्बाको राजनीतिको लोहा मानिरहेका थिए ।

    त्यो बेला कन्टिर–बाबूलाई पनि मान्छेहरूको अनुमान सही हो जस्तो लागेको थियो । तर जब सर्वोच्चले एकपछि अर्को गर्दै ओल्बाका काम–कारबाहीविरुद्ध जसरी धक्का दियो वा दिँदै छ, त्यसपछि भने कन्टिर–बाबू आफ्नो पूर्वधारणा परिवर्तन गर्ने मुडमा पुगेका छन् ।

    प्रधानमन्त्री ओल्बालाई अप्ठेरोमा पार्नेगरी सर्वोच्चले गरेका निर्णयहरूको फेहरिस्त लामो छ । २०७७ फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भयो । २०७८ जेठ ६ गते दोस्रोपटक शपथ लिएका मन्त्री पदमुक्त गरिए । जेठ २७ गते नागरिकतासम्बन्धी अध्यादेश खारेज र एमालेको दसौँ महाधिवेशन कमिटी अमान्य भयो । असार ४ गते चुरे दोहनमा रोक र राजदूत नियुक्ति निर्देशिका संशोधन पनि गैरकानुनी ठहर भयो । असार ६ गते राष्ट्रिय निकुञ्ज र आरक्षभित्र दुई सय ५० मेगावाटसम्म जलविद्यत् उत्पादन गर्न रोक लाग्यो । असार ८ गते २० मन्त्री पदमुक्त अनि ओल्बा पक्षले दायर गरेको भ्याकेट (अन्तरिम आदेशलाई निस्क्रिय गराउने) निवेदनमा आदेश जारी गर्न अस्वीकार गरियो ।

    हे राम एक होइन, दुई होइन, नौ–नौ पटक संविधान, नियम–कानुन मिचेर गरिएको ओल्बाली निर्णय र काम–कारबाहीविरुद्ध अदालतको खबरदारी देखेर कन्टिर–बाबूले राहतको सास फेरेका छन् । तर संविधान मास्ने सवालमा काल पल्केको देखेर भने कन्टिर–बाबू चिन्तित बनेका छन् ।

    कन्टिर–बाबू सोध्छन्– खासमा नेपालको राजनीतिमा यो के भइरहेको छ ? सर्वोच्चबाट जसरी एकपछि अर्को नकेल कस्ने काम भइरहेको छ, त्यो देखेर ओल्बालाई आफूले बाटो भुतलाएको अनुभूति भइरहेको छ कि छैन ?

    त्यसो त कन्टिर–बाबूलाई थाहा छ– अदालतले देखाएको बाटो ओल्बालाई मन परिरहेको छैन । संसदीय व्यवस्था र संसद्को सर्वोच्चता असफल पारेर सर्वसत्तावाद लाद्न खोज्ने कुनै पनि शासकलाई जथाभावी हिँड्न र मनपरी गर्न नपाउँदा अदालतको पछिल्लो निर्णय मन नपर्नु स्वाभाविकै हुन्छ ।

    कन्टिर–बाबूको चिन्ता अर्को पनि छ– अध्यादेशको सहारा लिँदै सत्तापक्षले पटक–पटक संसदीय अभ्यासको जुइँना खुस्काउँछ र प्रतिपक्षको भूमिका कमजोर हुन्छ भने लोकतन्त्र नै अपहरणमा पर्ने खतरा उच्च हुन्छ । यति धेरै असंवैधानिक काम गर्ने शासक र विकल्प दिन नसक्ने प्रतिपक्षको ताल देखेर जनतामा संसदीय व्यवस्थाविरुद्ध वितृष्ण बढ्दै छ । यस्तो पृष्ठभूमिमा कन्टिर–बाबूको आग्रह छ– अब त चेतौँ सबैले । लोकतन्त्र, संविधान र सङ्घीयताको धज्जी उड्ने–उडाउने काम उडाउन बन्द गरौँ !

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, असार ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.