गोरखा । गोरखा बजारमा २ वटा मोटर साईकल एक आपसमा ठोकिएको छ । गोरखा नगरपालिका ६ हरमटारीमा बुधबार साँझपख लक्ष्मीबजार देखी गोरखा बजार तर्फ आउदै गरेको दुवै मोटर साईकल एक आपसमा ठोकिएको हो ।
दुर्घटनामा परेका सबै सामान्य रहेको ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । लक्ष्मी बजार देखी गोरखा बजार तर्फ आउदै गरेको बा.प.०२–०२० प ४१२५ नम्बरको मोटर साईकल र ना. ३ प २३०९ मोटर साईकल ५ः४५ बजे हरमटारीमा एक आपसमा ठक्कर खाएको कार्यालयले जनाएको छ ।
बा.प.०२–०२० प ४१२५ नम्बरको मोटर साईकलमा सवार श्रीमान श्रीमती गोरखा आयुरवेद कम्पनी तर्फ जाने क्रममा चोकमा नै पछाडीबाट ना. ३ प २३०९ मोटर साईकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी ना. ३ प २३०९ मोटर साईकलका चालक गोरखा नगरपालिका ९ दलभञ्ज्याङ निवासी २७ बर्षका सन्तोष सिलवाल घाईते भएका छन् । सिलवाललाई गोरखा अस्पतालमा चेकजाँच गराउने क्रममा उनले मादक पदार्थ सेवन गरेको पुष्टी भएको कार्यालयले जनाएको छ ।
मोटर साईकल र चालक सिलवाल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















