गोरखा । उत्तरी गोरखामा रहेको सल्लेरी गाउँ अबिरल बर्षा पछि विस्थापीत भएको छ ।
असार २ गते आएको बुढी गण्डकीको बाढीले ५ घर बगाएको छ भने गाउँका सबै मानिस विस्थापीत भएका छन् ।
अहिले विस्थापीतहरुलाई प्रदेश सरकारको पहलमा टेन्ट हालेर गाउँ नजिकै बस्ती सारिएको छ भने केही सामाजिक संघ संस्थाहरुले खाद्यान्न उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालयले घर भत्केका र नभत्कीएर पनि विस्थापीत भएकाहरुलाई नगद सहयोग गरेको छ ।
तस्बिर गुरुङ नानी































