गोरखा । गोरखाको अश्राङ र बुंकोटको सिमानामा रहेको ज्यादुल खोलामा लडेर एक युवकका ज्यान गएको छ । भिमसेन थापा गाउँपालिका ६ को ज्यादुलको अश्राङ खोलामा लडेर बुधबार शहिद लखन गाउँपालिका ८ छापथोकका ३९ बर्षिय राजकुमार श्रेष्ठको मृत्यु भएको वडाअध्यक्ष काशीनाथ अंगाईले बताए ।
शारिरीक अपांगता भएका श्रेष्ठ वुवा संगै खेत जोतेर घर फर्कने क्रममा खोलमा लडेर मृत्यु भएको हो । मृत्तकको अनुहारमा चोट देखिएको छ । उनको मृत्त शरिर अहिले गोरखा अस्पतालमा राखिएको छ ।
खेत जोत्दाजोत्दै चर्को घाम भए पछि गोरु फुकाएर बुवाले चराउन गएको र उनी घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्कीएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडा अध्यक्ष अंगाईले बताए । तर पनि के हो भन्ने बिषय भने पोष्टमार्टम पछी मात्र थाहा हुने उनले बताए ।
तस्बिर वडा अघ्यक्ष काशीनाथ अंगाई




















