काठमाण्डौं । मन्त्रिपरिषद् विस्तार बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति सत्तारुढ नेकपा एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।
एमालेले सर्वोच्चको आदेशलाई ‘अप्रत्याशित’ भन्दै अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने टिप्पणी गरेको हो ।
कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने भन्ने कार्यपालिकीय जिम्मेवारी पनि न्यायालयले लिन थालेपछि अब यसले मुलुकको राजनीतिलाई दीर्घकालसम्म असर पार्ने देखिएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।
ज्ञवालीले अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने भन्दै अदालतका निर्णयहरुलाई एमालेले सधैं मानेको तर यस्ता आदेश र फैसलाहरुले ल्याउने जटिलताबारे विचार विमर्श हुनुपर्ने बताए ।




















