साँकेतिक तस्बिर
गोरखा । ग्लोबल गोरखा समाजले आज जिल्लाको भित्रका स्थानीय निकायका लागि ४० थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ ।
कोरोना महामारीमा स्वास्थ्यमा सबैको पहुच पुग्ने उद्देश्यका साथ समाजले ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताए ।
सदरमुकाममा भएको कार्यक्रममा अध्यक्ष अधिकारी सहितको टोलीले उत्त सामाग्री गोरखाको स्थानिय तहलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, नेकपा एमालेका कमल दानी, नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नयाँ शक्ति पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकाल, ग्लोबल गोरखा समाजका नेपाल मोहन भट्टराई, ग्लोबल गोरखा समाजका नेपाल संयोजक बिनोद पोखरेल र जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।




















