काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा १२ हजार २०४ नमूनाको पीसीआर र ४ हजार ५०९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ४ हजार ५२२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो
।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ४१ जनाले ज्यान गुमाएका छन् ।




















