काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक शपथ खाएका उपप्रधानमन्त्री राजेन्द्र महतोसहित सरकारमा सहभागी २० मन्त्रीहरु पदमुत्त भएका छन् ।
मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय आज सर्वोच्च अदालतले बदर गरिदिएपछि जेठ २१ र २७ गते शपथ खाएका २० जना उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरु पदमुत्त भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लीलानाथ श्रेष्ठबाहेक अन्य मन्त्री पदमुक्त भएका छन् ।
उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठ, गृहमन्त्री खगराज अधिकारी, स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको पद पनि गुमेको छ । गृहमन्त्री अधिकारीले जेठ २७ गते शपथ लिएका थिए ।




















