चितवन । चितवनमा निगुरो टिप्न गएकी एक महिलामाथी बाघले आक्रमण गर्दा ज्यान गएको छ ।
रत्ननगर नगरपालिका ५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको आक्रमणबाट ज्यान गएको हो ।
घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न जाने क्रममा बाघले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ ।




















