एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस विरुद्धको खोप लगाउन नमान्ने
जो कोहीलाई पनि जेल हाल्ने चेतावनी दिएका छन् ।
फिलिपिन्समा मार्च महिनामा कोरोना खोप अभियान सुरु भएता पनि सर्व साधारणहरुले खोप लगाउन आनाकानी गर्न थाले पछि राष्ट्रपति डुटेर्टेले मानिसहरुलाई यस्तो चेतावनी दिएका हुन् ।
‘डुटेर्टेले टेलिभिजन संबोधन गर्दै, ‘कि खोप लगाउनुहोस् नत्र म जेल हालिदिन्छु’ भिडियो सन्देशमा भनेका छन् ।
फिलिपिन्समा अहिले फाइजर र बायोएनटेकको खोपको अभाव देखिएको छ । राष्ट्रपती डुटेर्टेले यसअघि गत वर्ष कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको पालना नगर्नेलाई गोली हान्ने चेतावनी दिएका थिए ।
उनले खोप लगाउन अस्वीकार गर्ने मानिसहरुलाई भारत वा अमेरिकाजस्ता मुलुकमा जान समेत सुझाव दिएका थिए ।




















