गोरखा । माओवादी केन्द्रको युवाहरुको संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) गोरखाले सल्लेरी बासीहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ३ को सल्लेरीका ३५ घर परिवारलाई वाईसिएल गोरखाले खाद्यान्न सामाग्री उपलब्ध गराएको वाईसिएल गोरखाका बालकृण्ण परियारले बताए ।
उनीहरुले बाढी पिडित प्रत्येक परिवारलाई १ बोरा चामल, १ केजी नुन र २ पोका तोरीको तेल हस्तान्तरण गरेका थिए । वडा अध्यक्ष रामकुमार गुरुङ समेतको उपस्थितीमा सल्लेरी बासीहरुलाई खाद्यान्न उपलब्ध गराईएको वाईसिएल गोरखाले जनाएको छ ।
तस्बिर सागर श्रेष्ठकाे फेसबुक पेजबाट




















