काठमाण्डौं । राजधानीको बालाजुमा बस ठक्कर दिदा गोरखा घर भएकी २४ बर्षिया युवतीको ज्यान गएको छ । आमाालाई घर पठाएर फर्केकी गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय लक्ष्मी परियारलाई बसले ठक्कर दिदा ज्यान गएको हो ।
बालाजु गंगालाल सडकखण्डमा ना. ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले उनी सवार बा. ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा गंभिर घाईते भएकी थिइन । घाइते परियारलाई तत्कालै ट्रमा सेन्टर उपचार गर्न पुर्याइएको भएता पनि उनको उपचारकै क्रममा ज्यान गएको महानगरिए प्रहरी बालाजुले जनाएको छ ।
मोटरसाइकलका चालक गोरखा जिल्ला शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मृतक परियारका आफन्तले दिएको जानकारी अनुसार आफ्नी आमालाई गाउँ पठाउन बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । अहिले मृत्तकको शवलाई पोष्टमार्टमका लागी टिचिङ अस्पतालमा लगिएको छ ।
्दुर्घटनामा संलग्न बस र धादिङ निलकण्ड नगरपालीका ३ का टिचिङ अस्पतालमा पुर्णहरी खत्रीलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।




















