बागलुङ । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बागलुङ नगरपालिका ३ रात्माटामा ध. १ च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा सोही ट्रयाक्टरका सहचालक बागलुङ १२ का १८ वर्षीय सरोज विकको ज्यान गएको हो ।
दुर्घटनामा घाईते भएका बिकको उपचारको क्रममा ज्यान गएको बागलुङ प्रहरीले जनाएको छ । दुर्घटना मंगलबार बिहान ६ः०० बजे भएको प्रहरीले जानकारी दिएको छ ।
ज्यान गएका बिकलाई सोही ट्र्याक्टरले च्यापिएर घाइते भएका थिए । उनलाई चालकले धवलागिरि अस्पताल ल्याएर उपचार गराउने क्रममा ज्यान गएको थियो ।
चालक प्रहरीले नियन्त्रणमा भए पनि उनको नाम ठेगाना खुलाइएको छैन ।




















